• तिलाठी कोईलाडी गाउँपालिका, तिलाठी, सप्तरी

  • ९८५२८२२२२५ |

  • tilathikailadigp@gmail.com

तिलाठी कोईलाडी गाउँपालिका | तिलाठी, सप्तरी, मधेश प्रदेश

“आर्थिक सामाजिक कृषि र पूर्वाधार सुशासन र व्यवहार परिवर्तन विकासको मूल आधार”

ताजा सूचना

परिचय

साविक गा.वि.स. को.बरसाइन हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं-५ अन्तर्गत बरसाइन गाउँ पर्दछ। यो गाउँ मुख्यतः कृषिमा आधारित छ, जहाँ धान, गहुँ, मकै, तरकारी आदि खेती गरिन्छ। बरसाइन गाउँमा विभिन्न जातजातिहरूको बसोबास छ, जसमा साह, सिंह, सरदार , मंडल ,सरदार, राय, समुदाय प्रमुख छन्। गाउँमा प्राथमिक विद्यालयहरू, स्वास्थ्य चौकी, सहकारी संस्था, मन्दिर, मस्जिद आदि रहेका छन्। गाउँको विकासमा स्थानीय सरकार, गैरसरकारी संस्था, सहकारी संस्था, युवा क्लब, महिला समूह आदिको सक्रियता रहेको छ।

बरसाइन गाउँमा सामाजिक, सांस्कृतिक, धार्मिक विविधता पाइन्छ। यहाँका बासिन्दाहरू विभिन्न जातजाति, धर्म, भाषा, संस्कृतिका छन्, जसले गाउँलाई समावेशी बनाएको छ। गाउँमा विभिन्न चाडपर्वहरू मनाइन्छन्, जसमा दशैं, तिहार, छठ, ईद, रमजान आदि प्रमुख छन्। गाउँमा विभिन्न जातजातिहरूको परम्परागत नृत्य, गीत, भजन, गजल आदि पनि प्रचलित छन्।